बिराटनगर । रातो तारा डट कम, मोरङ वेलबारी नगरपालिका वडा नं(१ अमना सिसौलीको जंगलमा जिल्ला मोरङ वेलबारी नगरपालिका वडा नं-३ बस्ने वर्ष २१ को सुमन भन्ने सुकमान तामाङले ऐऐ बस्ने बर्ष ५० को चक्र वहादुर चौधरीको सहयोगमा नावालक बर्ष १४ की सांकेतिक नाम ०७७ बेलबारी १९ क लाई जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादी सुकमान तामाङ तथा सहयोगी चक्र बहादुर चौधरी समेतलाई जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं। ३ सिमपाने आफ्नै घरबाट मिति २०७७।०७।१४ गते अन्दाजी १८.०० बजे पक्राउ गरी जबरजस्ती करणी मुद्दामा सम्मानित मोरंङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेकोछ ।
त्यसैगरी मोरङ ग्रामथान गाउँपालिका वडा नं-१ लखन्तरी स्थित जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं-२ बस्ने बर्ष ४० को जुमेश सरदारले जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं-१ बस्ने बर्ष २१ की सांकेतिक नाम ०७७ बेलबारी २० क लाई जवरजस्ती करणी गरेको हुँदा निज पिडकलाई जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं-२ झोराहाटबाट मिति २०७७।०७।१५ गते अन्दाजी १५.०० बजे पक्राउ गरी जवरजस्ती करणी अन्तर्गत सम्मानित जिल्ला अदालत मोरङबाट म्याद थप भई थप अनुसन्धान भई रहेकोछ ।
Post a Comment