शिव भट्टराई,मोरङ मंसिर ३ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा धारिलो हतियार प्रहार गरेर फरार रहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुन्दरहरैंचा नगरपालिका वडा नं ६ स्थित पुर्वफिम्रामा धारिलो हतियार प्रहार गरी सुन्दरहरैंचा ४ बस्ने विकास सिग्देललाई गम्भीर घाइते बनाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। मंगलबार राति अन्दाजी १०:३० बजेको समयमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका सुन्दरहरैंचा ६ बस्ने २८ वर्षीय अशोक तामाङ्गलाई पक्राउ गरेको छ। प्रहरी चौकी गछियाबाट खटिएको टोलीले हतियार सहित पक्राउ गरेको सो व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यलय बेलबारी पठाइएको प्रहरी चौकी गछियाले जनाएको छ।
गम्भीर घाइते अवस्थामा रहेका विकास सिग्देललाई उपचारका लागी विराट मेडिकल कलेज टंकीसिन्वारी पठाइएको छ।
Post a Comment