बिराटनगर मंसिर २२ गते । रातो तारा डट कम, सुनसरी बर्जु गाउँपालिका वडा नं ३ बस्ने बर्ष २६ को दिपक राम र ऐऐ बस्ने बर्ष १८ को रोहित कुमार राम समेतले भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी २ वटा सिलिभरको भाँडोमा ८० केजी अन्दाजी २४ हजार बराबरको मुगरी जातको माछा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नं १२ बखरी बगैचा बाट बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक, सुवेदार मेजर लगायत स्थानिय मानिस समेतको रोहवरमा उक्त माछा नष्ट गरिएकोछ ।
Post a Comment