तारा पराजुली - बिराटनगर पुस १० गते । रातो तारा डट कम, अन्तिम परीक्षा चलिरहेको थियो।सुयोगसँगै उसका सबै साथीहरु हतारिंदै उत्तरपुस्तिकामा दत्तचित्त भएर लेखिरहेका थिए।
सुयोग कक्षामा मात्र नभएर विद्यालयकै उत्कृष्ट छात्रको रुपमा परिचित थियो।इमानदार,लगनशील,मल्टिट्यालेण्ड,नेट एन्ड क्लिन,लगायत थुप्रै पुरस्कार थुप्रैपटक प्राप्त गरिसकेको सुयोग सबैका लागि उदाहरण थियो।यति हुँदाहुँदै पनि न उत्कृष्ट न कमजोर मध्यम क्षमताका रमेश र विकल सुयोगको प्रगतिसँग सधैं जलिरहने पात्रहरु थिए।"खै!ले न यता हामी पनि लेखौँ यो पाली त म फस्ट विकल सेकेन्ड।"सुयोगले लेख्दै गरेको कापी जबर्जस्त तान्दै रमेशले भन्यो।यसपटकको परीक्षामा सुयोगलाई छिर्के लगाएरै भएपनि प्रथम हुन नदिने डिजाइन रमेश र विकलले बनाइसकेका थिए।
"तान् तान् नछाड् यो पटक फस्ट तँ सेकेन्ड म।लेखिसकेर मलाई पनि सार्न दे नि" विकलले हातले जुल्फी मिलाउँदै रमेशलाई आदेश दियो।
"लेख्न त देओ अनि सारौला कति सार्छौ।"साथीहरुको ईष्र्या र दम्बले आजित
सुयोग मलिन शैलीमा बोल्यो।मिहिनेती भएको कारण उसलाई पास गर्नु प्रथम हुनु समस्या थिएन।यस पटक पनि आफ्नै साथीहरुको अवरोधका कारण पनि सुयोगले राम्रो लेख्यो परीक्षामा।
परीक्षा सकिएको लामै प्रतीक्षापछि तीन महिना कुरेपस्चात रिजल्ट आयो।रिजल्ट आएकै दिन रमेश र विकल गाउँ पसे।उनीहरुले हल्ला गर्दै भेटेजति सबैलाई मिठाई बाँड्दै हिँडे।
"सर!लिनुस् न मिठाई।हाम्रो रिजल्ट आयो नि"विकल र रमेश हेडसरको घरमा समेत पुगेर मिठाई थमाए।
"होइन के को उपलक्ष्यमा मिठाई?"रिजल्ट आयो तर तिमीहरु दुबैजनाको रिजल्ट फेल देखेको थिएँ मैले त।"हेडसरले यथार्थ बुझ्न खोज्दै जिज्ञासा राखे।
"असी जनाले परीक्षा दिएकोमा १३ जना पास।बाँकी ६७ जना फेल।सुयोग फस्ट हामी फेल भएपनि बहुमत हाम्रो पक्षमा छ।त्यसैको उपलक्ष्यमा बाँढेका सर!"
रमेशले निर्धक्कसँग आफ्नो कुरा हेडसरलाई सुनायो।
हेडसर निरुत्तर एकोहोरो हेरिमात्र रहे विकल र रमेशशको घमण्ड र मुर्खताको चित्र।
Post a Comment