Websoft University

हाम्रा आम क्रियाकलाप जहिल्यै नागरिकको हितमा हुनेछ-उपप्रमुख पराजुली


मोरंङ बेलबारी पुस ११ गते सनिवार । रातो तारा डट कम, बेलबारी नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई जिवीकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले मौरीसहितका घार वितरण गरेसँगै अपाङ्गता भएका व्यक्तिहरु हर्शित भएका छन्।


नगरपालिकाले आर्थिक सहयोग गरेपछि बेलबारी ४ मा समूह नै गठन गरेर मौरीपालन गर्दै आएका समूह अध्यक्ष दिनेश कोइरालाले भने-अब हामी आत्मनिर्भर भएका छौँ नगरपालिकाले यो जग निर्माण गर्यो अब हामी आफैं पनि उद्दमी बन्न सक्छौं।समूहका सदस्यहरुले अफ्ट्यारो परेको बेला नगरपालिका सहारा बनेकोले नगरपालिकालाई जति धन्यवाद दिए पनि कम हुने बताएका छन्।

 मौरीपालनबाट मनग्गे आम्दानी लिईरहेका अपांगता भएका व्यक्तिहरुको समूहले मह निकाल्दै गरेको दृश्य नगर उपप्रमुख ढाकाकुमारी पराजुलीलाई अवलोकन गर्न निम्ता गरेका थिए।

नगरपालिकाले गरेको सहयोगलाई महत्त्वपूर्ण सहयोगका रूपमा बुझेर प्रत्यक्ष प्रतिफल देखिनेगरी काम गरेकोमा समूहलाई धन्यवाद दिँदै उपप्रमुख पराजुलीले उदाहरणयोग्य काम गरेकोमा समूहलाई धन्यवाद दिँदै यस्ता कार्यलाई निरन्तरता दिन समेत आग्रह गरिन।उनले स्थानीय सरकार र जनप्रतिनिधि सधैँ नागरिकको संरक्षण र सहयोग समन्वयको भूमिकाबाट नचुक्ने बताइन्।हाम्रो यात्रा र आम क्रियाकलाप जहिल्यै नागरिकको हितमा हुनेछ-पराजुलीले भनिन्।


.

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.