बिराटनगर मंसिर २२ गते । रातो तारा डट कम, मोरङ धनपालथान गाउँपालिका वडा नं .१ गडेरीया चोक स्थितमा नेपालबाट भारततर्फ भन्सार छलि अबैध रुपमा गाई गोरु लगि रहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले गाई २९ वटा, बाछी १ वटा, गोरु १५ वटा र बाछा २ वटा गरी जम्मा ४७ वटा गाई गोरु (भेटनरी क्वारेटाइनको सिफारिस नभएको) अन्दाजी मुल्य रू. ५,२१,०००।– (पाँच लाख एकाईस हजार) बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको ।
Post a Comment