Websoft University

चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरे प्रधानमन्त्री ओलीले


काठमाण्डौ पुस ६  गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । प्रतिनिधिसभाको विघटनसँगै मध्यावधिक निर्वाचनको घोषणा भइसकेपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल भएको हो । बालुवाटारमा भएको छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी थिए । निर्वाचन आयोगका पदाधिकारीसँग पनि प्रधानमन्त्री ओलीले आजै छलफल गर्नुभएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.