Websoft University

बेलबारीमा ६ हजार भन्दा बढिलाई पुर्जा बाडिदै

 


बेलबारी मोरङ मंसिर  २२ गते । रातो तारा डट कम, बेलबारी नगरपालिकाका ६ हजार भन्दा वढि घरपरिवारलाई जग्गा धनिपुर्जा बितरण गरीने भएको छ । सोमबार मोरङको बिराटनगरमा सकुमबासी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झदारी पत्रमा हस्ताक्षर गरेको छ । आयोग सँग नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी तथा प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले हस्ताक्षर गरेका छन । आयोगले बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनिपुर्जा बितरण गर्ने प्रस्तावित बिबरण समेत तयार  पारेको छ । आयोगले तयार पारेको बिरणमा थपघट हुन सक्ने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनले भने अफनो नगरमा भएका भुमिहिन सकुमवासि, दलित भुमिहिन, अब्यबस्थित बसोवास गरीरहेकाहरुको पुन तथ्याक संकलन गरेर आयोगमा पठाउछौ । बेलबारी सहित प्रदेश १ का ३० स्थानियतहमा पुर्जा वितरण गर्ने आयोगले जनाएको छ । मोरङ, सुनसरी, झापा, उदपयुर ताप्लेजुङ पाँचथर इलामका केहि स्थानियतहमा पुर्जा बितरण गर्ने तयारी अगाडि बढाइएको छ । मोरङ उर्लावारी,पथरीशनिश्चरे बेलबारी रंगेलि,लेटाङ, कानेपोखरी र मिक्लाजुङ रहेका छन । 

आयोगले दलित भुमिहिन, भुमिहिन सकुम्बासी, अब्यस्थीत बोसोवासीहरुलाई  जग्गा धनिपुर्जा बितरण गर्ने गरी काम अगाडि बढाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.