लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति,समाज र सबैको ऐक्यबद्धता" भन्ने राष्ट्रिय नाराका साथ कार्यक्रम सम्पन्न
बिराटनगर मंसिर २३ गते । रातो तारा डट कम, जिल्ला मोरङ विराटनगर म.न.पा.-१६ हुलाश चोक स्थितमा रहेको क्यान सेन्टरको भवनमा सामुदायिक सेवा केन्द्र रानी ,ईलाका प्रहरी कार्यालय रानी र आफन्त नेपाल संस्थाको संयुक्त आयोजनामा "लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति,समाज र सबैको ऐक्यबद्धता" भन्ने राष्ट्रिय नाराका साथ यस कार्यालयका कार्यालय प्रमुख,सामुदायिक सेवा केन्द्र रानीका अध्यक्ष,आफन्त नेपालका प्रमुख,स्थानिय वडाका वडा सदस्य,बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा स्थानिय मानिसहरु समेतको सहभागितामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरकृया कार्यक्रम संचालन गरिएको । उक्त कार्यक्रममा लैगिक हिंसाका स्वरुपहरु छोरा वा छोरी पत्ता लगाई गरीने लिंग छनौट,अबैध गर्भ पतन,शिसु बालबालिकाको हत्या गर्नु,बालबालिकालाई खानपान तथा स्वास्थ्य उपचारमा बिभेद गर्नु,बालबिबाह,बाल श्रम,बाल यौन शोषण तथा दुरब्यबहार ,बेश्या बृत्ती,बेचबिखन,शिक्षा दिक्षामा बिभेद,मनोबैज्ञानिक दवाब,बोक्सीको आरोप ,कुटपिट गर्ने जस्ता कार्यहरु अन्त्य गर्नु पर्छ। महिला हिंसाका कुनैपनि स्वरुप अब सहनुहुँदैन १६ दिन मात्र होईन "म हिंसा गर्दिन, म हिंसा सहन्न, हिंसा देखेमा प्रतिकार गर्दछु भन्ने प्रतिबद्दताका साथ महिला हिंसाको अन्त्य गरौ भन्दै अन्दाजि ५० जनाको उपस्थितीमा कार्यक्रम गरीएकोछ ।
Post a Comment