काठमाण्डौ मंसिर २१ गते । रातो तारा डट कम,महानगरपालिका वडा नं. -१६ दरैया नहर नजिक हाईवे सडक खण्डको सडक किनारामा भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लत्ताकपडा तथा घरायसी सामाग्री लगायतका अन्दाजी ९५ हजार २ सय ५० रूपैया बराबरको सामानहरू वेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको ।
बरामद सामाग्री:
लेडिज सुईटर ६ पिस
जेन्स ज्याकेट २१ पिस
बच्चाको ज्याकेट ८ पिस
लेडिज कुर्ता १ पिस
पाईन्टको कपडा २ बण्डल
ग्याँस चुलामा प्रयोग हुने सामान
रेगुलेटर २ प्याकेट
ग्याँस पाईप १ रोल
९) ग्यास चुलामा प्रयोग हुने हिट २
पिस
मिक्सचर २ वटा
कुकरको सिट्टी ८ पिस
पिलास ४७ पिस
ग्याँस सकेट ४ पिस
केराउ ६० केजी
सुपारी ८ केजी
Post a Comment