Websoft University

खाद्य मल उत्पादन हुने गरी फोहरमैला विसर्जन केन्द्रको स्थापना हुने

 

मोहन कुमार राई--मंसिर २२ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका घोषणा भएको लामो समयपछि फोहरमैला विसर्जन केन्द्रको स्थापना गर्नेभएको छ । 

चैनपुर नगरपालिका स्थित पोखरी नजिक दाहालडाडा तल खाली जगामा फोरहमैला विसर्जन केन्द्रको वातावरणिय परीक्षण गरिएको छ । सेमी एरोविक लेण्डफिल्ड साइट  मोडेलमा बन्ने सो केन्द्रमा सडने र नसडने फोहर छुट्याएर विसर्जन गर्ने गरि निर्माण गरिने नगरका  ३ नंं वडाध्यक्ष बलबहादुर अधिकारीले वताउनुभयो । सडने फोहरबाट खाद्य मल समेत उत्पादन गर्न सकिने वडाध्यक्ष अधिकारीले वताउनुभयो । १ हजार ७३ वर्ग मिटर क्षेत्रफल जग्गामा  ९ हजार ६ सय ४ दशमलव ०६ घन मिटर क्षेमताको सो विर्सन केन्द्र बन्ने भएको हो । 

शुक्रबार केन्द्रको प्रारम्भिक वातवरणीय परीक्षण सार्वजनीक सुनुवाई एक कार्यक्रममा फोहरमैला विर्सजन केन्द्रको वातवरणीय परीक्षणमा वायु प्रदुशण, दर्गन्ध, पानी प्रदुशण, माटो प्रदुशण, ध्वनी तथा कम्पन, भूमिगत जलश्रोत, व्यवसय जन्य सुरक्षा जोखिम जस्जा विषयमा परीक्षण गरिने वातावरण विज्ञ सन्देश पोखरेलले वताउनुभयो । अनुमानित ३ करोड लगानी लाग्ने सो योजना पुरा हुन २ वर्ष सम्म  समय लाग्ने भएकाले यस अघि अस्थायी रुपमा भए पनि नगरले फोहरमैला व्यवस्थापन हुनु पर्ने स्थानीय बुद्धिजीवी ज्ञानबहादुर कार्कीले वताउनुभयो । सार्वजनीक सुनुवाई कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीयवासी, बुद्धिजीवी, वडाध्यक्षहरु, व्यापारी लगायतको उपस्थिति रहेको थियो । वातावरण स्च्छ राख्न निमार्ण कार्य सम्पन्न भएपछि नगर फोहरमैला व्यवस्थानको ठूलो भुमिका रहने समेत वातवरण विज्ञ पोख्रेलले वताउनुभयो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.