बिराटनगर मंसिर २६ गते । रातो तारा डट कम,बिराटनगर १५ र १६ को सिट नम्बर १७८-०९४२-०३को जबि०-१-३,जग्गा २० ४५ सालमा सर्वे नापी हुँदाका बखत फिल्ड बुकमा नाला 'जनिए देखि सो ठाउमा नाला र हाल पिपलको रूख रहेको र रूखको मुनि देबी थान रहेको छ।
रूख मुनि मुर्ति स्थापित रहिआएकोमा श्रद्धालु भत्तजनहरु उक्त पिपलको रुखमा प्रत्येक मंगलवार पानी चडाउदै आएका छन।
कार्तिक १६ गते नन्द किशोर प्रशान्त नवेटिया र प्रदिप कुमार नवेटियाले जनमिस्त्री लयाई उक्त पिपलको रुख काटन लागे रूख सार्वजनिक जमिनमा परेकाले सबैले रोकेको थियो।
नवेटिया ले हामिले वन कार्यालयबाट र सडक विभागबाट अनुमती लिई उक्त रुख काटन लागेको हो भनी जवाफ दिएकोले जस्तो अवस्थामा बिराटननगर म.न पा.लाई मुद्धा नं.२२ को मिति २०७७।८।९ मा उजुरी गर्दा समेत कुनै सुनुवाई नभएकोले सो पछि बन कार्यालय र सडक बिभागमा जादा समेत कुनै सुनवाही भएन ।
किशोर नवेटिया,प्रशान्त नवेटिया र प्रदिप कुमार नवेटिया ले उक्त पिपलको बोट मुनी रहेको भगवान हनुमानजीको मुर्ती उक्त स्थानबाट फालि धार्मिक आस्थामा चोट पुगेका छन।
अहिले विपक्षीहरुले सो जग्गामा टिनको घेराबेरा लगाई नन्द किशोर नवेटिया,प्रशान्त नवेटिया र प्रदिप कुमार नवेटिया ले
कब्जा गरेको अवस्था छ । त्यस पश्चयात हामी सार्वजनिक सरोकारको बिपय बनाएर उच्च अदालत बिराटनगरमा रिट निवेदन मिति२०७७।८।१८गते मुद्दा नं.०७७-५०-०१०५ को निषेधाज्ञायुक्त परमादेश मुद्दा सुनुवाइ हुदा रूख नकाट्न मुर्ति नहटाउनु भन्ने आदेश भएको छ।
तर हनुमान जी को मुर्ति नहटाउनु भनि आदेश भएकोमा बिपक्षीहरु नमानी अदालतको आदेशको अवज्ञा भर्ति हटाएर टिनको घेराबेरा लगाएर कब्जा गरेको अवस्था छ । मुलुकी देवानी सहिता २०७४ को भाग ४ को दफा २९९ मा बन जगंल बन जगंलमा रहेको रुख सरकारी सम्पति मानिने त्यसै गरि दफा ३०० मा पाटी, देवल, मठ,मन्दिर, चैत्य, गुम्बा, मस्जिद, इदगाह कबगाह, गिर्जाघर आदी सार्वजनिक सम्पति मानिने भएकोले त्यसैको दफा ३०६ मा भनिएको छ सरकारी,सार्वजनिक तथा सामुदायिक जग्गा कब्जा गर्न नहुने यसै गरि को ब्यवस्था रहेको छ भने धारा ४५ मा नागरिकको कर्तब्य मा सबै नागरीकले सार्वजनिक 'सरंक्षण गर्नु पर्नेमा बिपक्षीहरुले सो नगरि उल्टै सार्वजनिक सम्पति कब्जा गरेकोले सो कार्यलाई तत्काल रोक्न आवश्यक पहल गर्नका लागि हामी सम्पुर्ण स्थानियवासीहरु सम्पूर्ण सरोकार पक्षहरु, पत्रकारहरु, कानुन
व्यवसायी, टोल सगंठन समेत ले अपेक्षा गर्दै यो प्रेस बिज्ञप्ती जारी गर्दछौँ ।
Post a Comment