बिराटनगर पुस २३ गते । रातो तारा डट कम, मोरङ सुनवर्सी नगरपालिका वडा नं .२ अमरदह बस्ने ठगी तथा किर्ते मुद्दाको फरार प्रतिवादी बर्ष ५० को गोबिन्द बहादुर श्रेष्ठ सोही स्थानमा लुकीछिपी बसि रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेकोछ । त्यस्तैगरी मोरङ रंगेली नगरपालिका वडा नं. ४ चोप्राह बस्ने वन (चोरी) तथा रजनी डाका चोरी मुद्दाका फरार प्रतिवादी बर्ष ६३ को भोटो प्रसाद मण्डल र ऐ।ऐ। बस्ने बर्ष ५५ को वनारसी मण्डल गाँउ घरमा लुकीछिपी बसि रहेका छन् भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेकोछ ।
Post a Comment