शिव भट्टराई, लायन्स क्लब अफ बाँसबारीद्वारा न्यानो कपडा वितरण जाडो बढे सँगै सुन्दरहरैंचा नगरपालिका वार्ड नं ४ स्थित लक्ष्मीनारायण मन्दिरमा बस्दै आउनु भएका आमा बुबा तथा त्यहाँ पढ्न आउने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। सुन्दरहरैंचा नगरपालिका वडा नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा लायन्स क्लब अफ बाँसबारीले आईतबार बिहान न्यानो कपडा वितरण गरेको छ। विगतका दिनहरूमा रक्तदान, राहत वितरण लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको यस संस्थाले अाज वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरेको छ। यसैगरी आउँदा दिनहरूमा अझै यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने संस्थाकी अध्यक्ष मनिता दंगालले बताएकी छिन्।यस्तो जाडोमा न्यानो कपडा पाएकोमा बृद्धबृद्धा साथै विद्यार्थीहरू निकै हर्षित भएका थिए।
शिव भट्टराई,बिराटनगर माघ ४ गते । रातो तारा डट कम, लायन्स क्लब अफ बाँसबारीद्वारा न्यानो कपडा वितरण जाडो बढे सँगै सुन्दरहरैंचा नगरपालिका वार्ड नं ४ स्थित लक्ष्मीनारायण मन्दिरमा बस्दै आउनु भएका आमा बुबा तथा त्यहाँ पढ्न आउने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। सुन्दरहरैंचा नगरपालिका वडा नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा लायन्स क्लब अफ बाँसबारीले आईतबार बिहान न्यानो कपडा वितरण गरेको छ।
विगतका दिनहरूमा रक्तदान, राहत वितरण लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको यस संस्थाले अाज वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरेको छ।
यसैगरी आउँदा दिनहरूमा अझै यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने संस्थाकी अध्यक्ष मनिता दंगालले बताएकी छिन्।यस्तो जाडोमा न्यानो कपडा पाएकोमा बृद्धबृद्धा साथै विद्यार्थीहरू निकै हर्षित भएका थिए।
Post a Comment