शिव भट्टराई,-बिराटनगर माघ ३ गते । रातो तारा डट कम, लाखौं युवा बिदेशिएको बेला रंगेली नगरपालिकाका थापा परिवार मौरिपालनबाटै बार्षिक १५ लाख आम्दानी गर्छन।
मोरङको रंगेली नगरपालिका- ३ दर्वेशाका थापा दम्पतिको जीवन मौरी पालन मै बितेको छ। बिगत १३/१४ बर्ष देखि २ घोला घारबाट सुरु गरेको मौरी पालन ब्यबसायबाटै अहिले राम्रो आम्दानी लिन थालेका छन। मोरङकै मौरी किसानको रुपमा चिनिने जानुका थापा एक उधमशिल महिला हुन। यसै ब्यबसायबाट परिवार सहित एक छोरालाई अमेरिका समेत पढाउन सफल भएकी छिन्।घरमै बसेर सहजरुपमा कम मिहिनेत गरी अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ का किसानको आकर्षण बढ्न थालेको छ ।
उनी मौरी पालन उत्पादन संघका केन्द्रीय उपाध्यक्ष समेत हुन। आफ्नो ब्यबसाय संग संगै समाजिक क्षेत्रमा उतिकै योगदान दिएकी थापालाई श्रीमान भोग बहादुर थापालेले समेत उतिकै साथ दिएका छन। बिदेशिएर खाडीमुलिकाबाट फर्किएर आफ्नै देशको माटोमा केहि गर्छु भन्ने सपनाबाट आज मौरी पालनबाट प्रसस्त लाभ लिन सफल भएका छन्।
थापाले बार्षिक ३५ देखि ४० क्विन्टल मह उत्पादन गरेर काठमाडौं सम्मको बजारमा पुर्याएकी छिन भने बजारिकरणको कुनै समस्या नभएको बताउछिन, उनको बार्षिक आम्दानि १० देखि १५ लाख रहेको छ ।
मौरी पालन व्यवसायमा मौसम परिवर्तनका कारण किसान धारासायी भए पनि सरकारले प्रोत्साहन गर्नुपर्ने र चरनको समस्या जहित्यही भएपनी राज्यले यो बिषयमा चासो नदिएको गुनासो पोख्छिन।
एक महिला सफल हुन पुरुषको उतिकै साथ रहेको हुन्छन । श्रीमानले घरमा मौरी पालनको काममा ब्यस्त हुन्छन । घरमै मह प्रसोधन गरेर प्रसोधन र प्याकेजिंग गर्छिन । उत्पादित मह लिन उनको घरमै पुग्छन। श्रीमान् श्रीमती मिलेर मौरी पालन व्यवसाय सुरु गरेका थापाले आफूबाहेक अन्य पाँचजनालाई रोजगारी पनि दिएका छन्।
गर्दा जे पनि हुन्छ भन्ने उदाहरण दिदै यो पेसा थापा परिवार सन्तुष्ट छन। थापा परिवार मोरंगकै मौरी ब्यबसायमा सफल किसान मानिन्छन। कृषिमै केहि गर्छु भन्नेहरुका लागि राम्रो उदाहारण समेत बन्न सफल भएका छन्। जति मह उत्पादन गर्न सकेपनि खपत हुने भएकाले यो व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको मौरीपालक किसानको भनाइ छ ।
Post a Comment