सुनसरी माघ १७ गते । रातो तारा डट कम, इटहरी उपमहानगरमा भोलीे माघ १८ देखि २६ गते सम्म अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि निशूल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निशूल्क स्वास्थ्य शिविर हुन लागेको हो । इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ । माघ १८ गते वडा नम्वर २को पूराणचौकमा,माघ १९ गते वडानम्वर ३ को स्वास्थ्य क्लिनिकमा,माघ २० गते वडा नम्वर ५,७र ८का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्वर ४,६ र ९का लागि इटहरी अस्पतालमा निशूल्क स्वास्थ्य शिविर हुने छ । यसैगरि माघ २२ गते वडा नम्वर १०,११ र १२का लागि र माघ २३ गते वडा नम्वर १३ र १४का लागि खनार स्वास्थ्य चौकीमा निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । माघ २५ गते वडा नम्वर १७ र १८का पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्वर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्वर १,१९ र २० का लागि २० नम्वर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ । स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्वन्धि परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिनुभयो । उहाँका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ ।निशूल्क स्वास्थ्य शिविरमा सहभागि हुनका लागि अपाङ्गता भएका ब्यक्ति र वालवालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।
Post a Comment