झापा माघ २ गते । रातो तारा डट कम,जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्द चोक बस्ने बर्ष २० को अनुप ढकालले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २० मलाम स्थायी घर भई YOUR DIGITAL PHOTO GOODS CENTRE संचालक बर्ष २८ को विमल कार्कीलाई फोन मार्फत विराटनगरमा हाम्रो भब्य फेसन सोमा फोटो खिच्ने कार्यको लागि भ्कभधब बाट मिति २०७७।०९।२४ गते ४०००।- पेश्की समेत पठाई बोलाएकोमा निज विमल कार्की मिति २०७७।०९।२५ गते पोखराबाट आई जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं. १ स्थित आर एन होटल एण्ड लजको ११४ नम्बर कोठामा फोटो ग्राफी सम्बन्धी सम्पूर्ण सामाग्रीहरू राख्न लगाई खाना खाने बहानामा जिल्ला सुनसरी ईटहरी स्थितमा रहेको प्राईम होटलमा लगी निज बिमल कार्कीलाई त्यही छाडी उक्त आर एन होटलबाट फोटोग्राफी सम्बन्धी सामाग्री चोरी गरी फरार रहेको निज अनुप ढकाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निजको आफ्नै घरबाट मिति २०७७।१०।०१ गते अन्दाजी ०९-०० बजे र निजका सहयोगी सोही स्थान बस्ने बर्ष २० को साराम्स भट्टराईलाई पक्राउ गरी यस कार्यालयबाट चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ । बरामद सामाग्रीहरू:--
क्यामरा लाईट ब्याट्री ५ थान ,चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट
मेमोरी कार्ड ६ थान,ड्रोन १ थान,क्यामरा ब्याट्री ६ थान
रिफ्लेक्टर १ थान,माईक २ थान,पावर बैंक ३ थान ,ट्रिगर २ थान,ब्याट्री चार्जर ६ थान
ल्याप टप १ थान,झोला ७ थान,क्यामरा ३ थान,लाईट १ थान
Post a Comment