काठमाण्डौ पुस २३ गते । रातो तारा डट कम, अन्तराष्ट्रिय समचार, अमेरिकाको संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले प्रर्दशन गरेपछि एक जनाको मृत्यु भएको छ । सदनमा बहस चलिरहेका बेला संसद भवनमा पसेर उनीहरुले हिंसात्मक प्रदर्शन गरेका हुन् ।
अमेरिकी काँग्रेसमा सांसदहरूले निर्वाचित राष्ट्रपति जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेपछि बहस रोक्नुपरेको थियो । ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको बीबीसीले जनाएको छ ।
हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोलीबाट एक महिलाको मृत्यु समेत भएको छ । घटनापछि वासिङ्टनमा कर्फ्यू लगाइएको छ भने हाल संसद भवन सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको र भवन सुरक्षित रहेको जनाइएको छ ।
Post a Comment