Websoft University

सरकारलाई दबाब दिन महाकाली पदशान्ति पद यात्रा सुरु

 


बेलबारी पुस २२ गते । रातो तारा डट कम,पौष २ गते देखी प्रदेश १ का ४ जनाले मेची महाकाली पदशान्ती पद यात्रा सुरु गरेका छन । ह्वाईट क्यान मेची हाकाली शान्ति पदयात्राको उदेश्य शान्ति कायम गर्ने  रहेको छ। यात्रामा  तामाङ,ईन्द्र कुमार लिम्बु,निरज बस्नेत र नाम्जा भोटे मेची  महाकाली शान्ति पद यात्रामा निस्केका हुन । 

उदशले भने दुईवटै आँखा देख्दैन्न भने ईन्द्रले एउटा मात्रै आँखा देख्छन् । उदश र ईन्द्र धरानका हुन भने निरज बिराटनगरका हुन । नाम्जा भने सखुवाशभाका हुन । सरकारले कालापानी, लिपुलेख समेटेर नक्सा जारी गरे पनि कार्यन्वयन नल्याएकाले दबाब दिनका लागि शान्तिपदयात्रा थालिएको रिजले बताए । ७ सय ३० दिनमा ७ सय ५३ वटै स्थानियतह तथा कालापानी लिपु लेख घुम्ने योजना रहेको उनले बताए । 

केहि दिनपछिनै प्रधानमन्त्री केपी  शर्मा ओलीलाइ भेटेर हामीले पुगेका ठाँउ बाट आएका सुझावहरु दिने नाम्जाले बताए । गौतम बुद्ध नेपालमा जन्मेको प्रमाण हुँदाहुदै पनि भारतले पटक पटक दावीी गरेकोले बुद्ध नेपालमै जन्मेको हुन भनेर प्रचार गर्न खोजिएको समेत उनहिरुले बताएका छन ।  उनिहरु ढाका टोपी लगाएर नेपालको झन्डा बोकेर मेची महाकाली यात्रामा निक्लेका हुन । 

उनिहरुलाई बेलबारी नगरपालिकामा भने प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले स्वागत गर्नु भएको थियो  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.