यसका लागि दुवै देशबीच सम्झौता भइसकेको छ। यो पार्क दश वर्षमा निर्माण हुने र ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ।
एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर ६३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेर निर्माण कार्य हुनेछ। सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ। यो परियोजना २२ सय बिगाहा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको छ।
सन् २०१७ मा चीनबाट आएका टोलीले उक्त जग्गा अवलोकन गरेको थियो। त्यस्तै प्रधानमन्त्री ओलीले कमल गाउँपालिका २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन्।
गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर रहेको छ। सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले १६ करोड ६२ लाख ६४ हजार ९७५ रुपैयाँमा ठेक्का लिएका थिए। २०७२ साल माघ ६ गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको हो।
त्यस्तै ओलीले दमक नगरपालिका १० स्थित मोरङको आमवारि जोड्ने मावा–बेतनी खोलाको पुलको उद्घाटन गर्नुभएको छ।
२०७१ को चैतमा एमाले अध्यक्ष भएका बेला ओलीले शिलान्यास गरेको पुल बिटी निर्माण सेवाले निर्माणको ठेक्का लिएको थियो। चार करोड ४० लाख रुपैयाँमा बनेको सो पुलको लम्बाइ २०० मिटर रहेको छ। यो पुल निर्माण भएसँगै झापा र मोरङवासीले प्रत्यक्ष फाइदा लिने भएका छन्।
त्यसैगरी प्रधानमन्त्री ओलीले दमक नगरपालिका १ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोक मार्गअन्तर्गत सुनसरीको चतारादेखी झापाको बाहुन डाँगीसम्मका खोलाहरूमा निर्माण हुने अन्दाजी तीन दर्जन पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम बाँकी रहेको छ। त्यो पनि आजै शिलान्यास हुनेछ।
Post a Comment