वडाका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले उदघाटन गर्दै उज्यालो वडा अभियान कार्यक्रमको थालनी भएको घोषणा गरेका हुन । वडामा रहेका कुनै टोलहरू पनि बत्ति मुनीको अध्यारोमा नराख्ने घोषणा गर्दै प्रत्येक गाउमा प्रविधियुक्त बत्ती जडान गरिने बताए ।
वार्ड नं ४ को मातृभुमि टोलबाट सुरू गरिएको उज्यालो वडाध्यक्ष कार्यक्रम अन्तरगत एकै दिन बिभिन्न टोलहरूमा १०० बढी बोलहरू जडान गरिएको बताइएको छ । जडान गरिएका बोलहरू प्रविधियुक्त रहेका छन ।
वार्ड नं ४ मा १९ वटा टोलहरू रहेकोमा एकै दिन ७ वटा भन्दा बढीमा बोल लगाइएको वडाध्यक्ष श्रेष्ठले बताए । उक्त अभियान सबै टोलहरूमा जारी रहने उनले बताए । साथै नगरपालीकामै पहिलो पटक सोहि वडाबाट वडा प्रोफाइलको काम पनि सुरू भएको वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए।
त्यस्तै वडा नं ४ का वडा सदस्य रबिन दहालले स्थानीय निर्वाचन अघि जनतामाझ गरिएको प्रतिवद्धता क्रमश पालैपालो पुरा गर्दै जाने बताए । उनले एकै पटकमा सबै बाचा पुरा नभए पनि क्रमश अघि बढाउदै लैजाने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा मातृभूमि टोल बिकास समितिका अध्यक्ष कुलबहादुर गुरुङ,अन्य टोल बिकास समितिका प्रतिनिधिहरु तथा स्थानीयहरूको पनि उल्लेखनिय सहभागिता रहेको थीयो । बत्ति जडान कार्यमा स्थानीय युवा शम्भु धमला र अमर लिम्बूले सहजीकरण गरेका छन्।
Post a Comment