शिव भट्टराई,मोरङ । रातो तारा डट कम,माेरङकाे सुन्दरहरैचा स्थित लायन्स क्लब अफ बाँसबारीकाे आयाेजना र रेडक्रश बिराटनगरकाे प्राविधिक सहयाेगमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । काेबिड १९ काे महामारी पछि प्रदेश एककाे अस्पतालहरूमा देखिएकाे रगत अभावलाइ थाेरै भएपनि न्युनिकरण गर्नकालागि रक्तदान कार्यक्रम गरिएकाे आयाेजकले जनाएकाे छ । लायन्स क्लब अफ वासवारीकाे नियमित कार्यक्रम अन्तरगत मंगलबार रक्तदान कार्यक्रम गरिएकाे लायन प्रकाश सिग्देलले जानकारी दिएका छन्।
कार्यक्रममा सहभागि भएका रक्तदाताहरूलाइ प्रमाण पत्र पनि बितरण गरिएकाे थीयाे । कार्यक्रममा लायन्सका डिस्ट्रिक गभर्नर टंकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
लायन्स क्लब अफ बाँसबारीकी अध्यक्ष मनिता दंगालको जन्म उत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको दंगालले बताएकी छिन्।त्यसैगरी सोही अवसरमा उनले श्री कृष्ण प्रणामी मन्दिर इटहरीलाई खाद्यान्न सामाग्री समेत वितरण गरेकी थिइन्।सो कार्यक्रममा जम्मा ६५ प्रिण्ट रगत संकलन गरिएको लायन्स क्लब अफ बाँसबारीका सदस्य नगेन्द्र सिग्देलले बताएका छन्।
कार्यक्रममा सुन्दरहरैचा नगरपालीका वार्ड नं ५ का वडाध्यक्ष राम प्रशाद रिजाल, ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रिषिराज ढकाल, गछिया प्रहरी चाैकीका इञ्चार्ज प्रहरी नायव निरिक्षक दिपिन थापा लगायतकाे उपस्थिति रहेकाे थीयाे ।
Post a Comment