Websoft University

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ४ जना पक्राउ

बिराटनगरचैत्र ११ गते । झापा,मोरङ र उदयपुरको तिन छुट्टाछुट्टै स्थानबाट मंगलबार दिउँसो लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । झापा मेचिनगर-६ का २० बर्षीय विवेक नेम्वाङ १ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन । उनलाई पानीटंकीबाट नेपाल तर्फ आईरहेको अवस्थामा मेची पुलबाट पक्राउ गरिएको  ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।

यसै गरी मोरङ केराबारी-१० का २९ बर्षीय रण बहादुर राई १० के.जी.लागुऔषध गाँजा सहित पक्राउ परेका छन । को १९ प ९४२ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनलाई चेकजाँच गर्दा बोरामा बाधेर मोटरसाईकलको पछाडी लुकाएर राखीएको गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 


यसै गरी उदयपुर कटारी-१ बेलसोत स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कटारी-३ का २२ बर्षीय ऐसान खान र सोही स्थानका २० बर्षीय सुमन बोगटी रहेका छन । उनिहरुलाइ लागुऔषध NITRAVET-१५ ट्याव्लेट र SPASMO-PROXYVON PLUS  ७२ ट्याव्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका चारै जना उपर सम्बन्धीत कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.