बिराटनगर चैत ११ गते। रातो तारा डट कम,मोरङ बिराटनगर महानगरपालिका वडा नं। १५ स्थित बर्मा टोल नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको वोरामा लत्ता-कपडा तथा ईलोक्ट्रोनिक अन्दाजी रू। २ लाख ३७ हजार भन्दा बढिको सामानहरु ल्याई बेवारिसे अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले फेला पारी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएकोछ ।
बरामद सामानहरू
१। झ्याल ढोकामा लागाउने पर्दा ३०० पिस
२।जेन्स कुर्ती ८४ पिस
३। लेडिज कुर्ता ४५३ पिस
४। ग्यास चुलाको सामान १४ फ्याकेट
५। वासर १० प्याकेट
६। स्प्रिङ १ प्याकेट
७। ईलेक्टोनिक सामान एक कार्टुन
८। सिलिङ पंखाको पत्ता २०० पिस
Post a Comment