Websoft University

यो वर्षको शैक्षिक सत्र असार १ गतेदेखि नै सुरु हुने भयो


काठमाण्डौ फागुन १८ गते । रातो तारा डट कम,शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने बताएको छ । दुई महिना ढिलो गरी सुरु भए पनि शैक्षिक सत्र भने चैत मसान्तमै सम्पन्न गर्नुपर्ने केन्द्रको भनाइ छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र सक्ने निर्णयमा सरकार पुगेको केन्द्रकासूचना अधिकारी माधवप्रसाद दाहाललेबताउनुभयो । यसको कार्यान्वयन स्थानीय तहमार्फत विद्यालयले गर्ने र शैक्षिक सत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गतेअघि नै सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । पाठ्यक्रमलाई केही घटाएर चैतभित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ । कोरोनाका कारण बिग्रेको शैक्षिक सत्रको मिलान २०७९ सालभित्रमा गरिने र त्यसपछि शैक्षिक सत्र नियमित रूपमा अघि बढ्ने जनाइएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.