Websoft University

 


सुनसरी इटहरी फागुन २१ गते । रातो तारा डट कम, इटहरीमा लैङ्गिक हिंसा न्यूनिकरण अभियानलाई थप प्रभावकारी वनाउन सवै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्तिको ब्यवस्था गरिएको छ । विद्यालयका शिक्षिका,शिक्षक मध्ये एक जनालाई लैङ्गिक सम्पर्क ब्यक्ति तोकिएको हो ।

इटहरीका सवै ३६ वटा विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्ति रहेका छन । उहाँहरुले विद्यालय तथा आसपासको समुदाय सँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले वताउनुभयो ।  हिंसा वाट जोगिन के गर्नुपर्छ,हिंसा भइहाले के गर्ने ? भन्ने बिषयमा उहाँहरुले विद्यालयमा सचेतनामूलक कक्षा संचालन गर्नुहुने छ । सामुदायिक विद्यालयहरुमा तोकिएका लैङ्गिक सम्पर्क ब्यक्तिका लागि उपमहानगरले अभिमुखिकरण सम्पन्न गरेको छ । अव  प्रत्येक विद्यालयका लैङ्गिक सम्पर्क ब्यक्ति र विद्याार्थीहरु विच पनि अभिमुखिकरण कार्यक्रम गर्ने योजना रहेको उपप्रमुख गौतमले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.