Websoft University

मेची काली यात्रामा निस्किएका राम बहादुर लाई इटहरीका मेयरले स्वागत गर्नु भयो


सुनसरी इटहरी फागुन  १८ गते । रातो तारा डट कम, सामान्य ह्विलचेयरमार्फत मेची काली यात्रामा निस्किएका मेरुदण्ड पक्षघात भएका सिन्धुपाल्चोकका राम वहादुर तामांगलाई इटहरीमा स्वागत गरिएको छ । इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले स्वागत गर्नुभएको हो ।

अपाङ्गताभएका ब्यक्तिहरुले स्वतन्त्र,स्वाभिमानी र स्वावलम्वी जीवन जीउन पाउनुपर्ने अधिकारको वारेमा चेतना फैलाउन राम वहादुर तामाड ह्विलचेयरमार्फत मेची काली यात्रामा निस्किनुभएको हो । उहाँले सामान्य ह्विलचेयरमार्फत लामो यात्राको विश्व रेकर्ड राख्न समेत आफूले यो यात्रा सुरु गरेको वताउनुभयो । 

तामाडले यसअघि नमोवुद्ध देखि लुम्विनी ३६६ किलोमिटर र लुम्विनी देखि वोधगया सम्म ५५३ किलोमिटर ह्विलचेयर यात्रा गरिसक्नुभएको छ । उहाँलाई मान वहादुर तामाडले साइकल मार्फत साथ दिनुभएको छ । इटहरीका नगरप्रमुख चौधरीले उहाँहरुको अयिभान सफलताको कामना गर्नुभयो । उहाँहरुले काकडभिटटा वाट गत शनिवार यात्रा सुरु गर्नुभएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.