उक्त प्रतियोगिताको उद्दघाटनको क्रममा बोल्दै प्रमुख अतिथि ढकालले सुन्दरहरैंचामा विभिन्न खेलहरु भइरहेका छन् त्यसैगरी हरेक खेलमा नगरपालिका सँग सँगै साझेदारी गरेर अगाडि बढिरहेको र आउँदा दिनहरूमा पनि नगरपालिकाको साथै वडाको तर्फबाट खेलमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।
प्रतियोगितामा नगर भरिका लगभग ३ सय जना खेलाडिले सहभािगता जनाएका छन् भने प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६० केजी माथिको तौल समूह र महिलाको २० देखि ५५ माथिको तौल समुहका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
एकै दिन सम्पन्न हुने प्रतियोगितामा समयको अभाव भएका कारण फाइनल खेल अर्को शनिबार हुने र सोही दिन प्रतियोगिताको १९ वटा इभेन्ट अन्तरगत स्वर्ण, रजत र कास्यको छिनाफानो हुने कार्यक्रम संयोजक पेशल पोख्रेलले जानकारी दिनुभयो ।उहाँले प्रतियोगितामा प्रथम हुने डोजोलाई १० हजार, दोश्रोलाई ७ हजार र तेश्रोलाई ५ हजार नगद पुरस्कार र ट्रफि प्रदान गरिने जानकारी दिनु भएको छ।
उक्त कार्यक्रममा विशिष्ठ अतिथी सुन्दरहरैंचा नगरपालिका वडा नं ६ का वडाध्यक्ष जिवन कुमार राई , सुनसरी जिल्लाका वरिष्ठ कराते प्रशिक्षक मुकेश शाक्यले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। सोही कार्यक्रममा साज़ीलाल माध्यमिक विद्यालयका प्रधानध्यापक कल्याण प्रसाद सिटौला, सामाजिक व्यक्तित्व सत्यनारायण चौधरी लगायत अन्य अग्रज व्यक्तित्वहरू उपस्थिति रहेको थियो भने कार्यक्रम निराजन धमलाले सञ्चालन गरेका थिए।
Post a Comment