Websoft University

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई सदस्यबाट निलम्बन परे


काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम,नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई सदस्यबाट निलम्बन गरेको छ । पार्टीका उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको हो । 

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा सच्चिनका लागि यो अन्तिम अवसर भएको उल्लेख छ । 

आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यवहोरा समेत जानकारी गराइन्छ, पत्रमा भनिएको छ । 

 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.