Websoft University

कटहरी करिडोरका विद्युत समस्या समाधानमा उद्योग संगठन मोरङको पहल


विराटनगर चैत २६ गते । रातो तारा डट कम,कटहरी करिडोरका उद्योग÷व्यवासायहरुले निरन्तर भोग्दै आएको विद्युत समस्या समाधान तथा न्यूनिकरणका सम्वन्धमा उद्योग संगठन मोरङको समन्वयमा कटहरी क्षेत्रका उद्योगी÷व्यवसायीहरुको उपस्थितीमा नेपाल विद्युत प्राधिकरणका विराटनगर वितरण केन्द्रका प्रतिनिधिहरुका साथ आज मिति २०७७ चैत्र २६ गते संगठनमा छलफल भएको छ । 

विद्युत सप्लाईमा आईरहने समस्याका कारण कटहरी क्ष्ँेत्रका उद्योग÷व्यवसायहरुको उत्पादन तथा गुणस्तरमा ह्रँस आउनुका साथै कच्चा पदार्थ समेत खेर गई ठूलो आर्थिक क्ष्ँति वहन गर्नुपरिरहेको अवस्थालाई मध्यनजर गरी त्यस क्ष्ँेत्रमा सप्लाई हुने विद्युतको गुणस्तर सुधार गरी निरन्तर विद्युत सप्लाई गर्न संगठनका अध्यक्ष सुयश प्याकुरेलले प्राधिकरण प्रतिनिधिलाई अनुरोध गर्नुभयो । 

विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश गोहिवारले पूर्वाधार निर्माण, लोड व्यवस्थानका जस्ता कारणले कटहरी क्ष्ँेत्रको विद्युत सप्लाईमा समस्या आएको वताउदै उक्त समस्या केही दिन भित्रै समाधान गरिदै लैजाने वताउदै विद्युत कटौति भएको जानकारी प्राधिकरणलाई तत्काल दिन उद्योगी÷व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । 

विना सूचना विद्युत कटौती गर्ने, वारम्वार ट्रिपिङ हुने, विद्युत सप्लाई भएको समयमा लो भोल्टेज आउने जस्ता समस्याले कटहरी क्ष्ँेत्रका उद्योगहरु प्रताडित भएको वताउदै समस्या समाधानका लागि  आगामी दिनमा आपसी सहमतिका आधारमा १ पटक शटडाउन लिई त्यसपश्चात समस्या आउन नदिने, प्राधिकरणले सटडाउन लिदा ३ दिनको पूर्व सूचना दिई शनिवार सटडाउन लिने, उद्योगहरुले भोगेका समस्या पहिचान र समाधानकालागि प्राधिकरणका प्रतिनिधिहरुले त्यस क्ष्ँेत्रका उद्योगको भ्रमण गर्ने, प्राधिकरण आफनो सयन्त्रमा प्रभावकारी समन्वय गरी उद्योगलाइ निरन्तर विद्युत सप्लाई गर्ने, प्राधिकरणको माथिल्लो निकायमा उद्योग संगठन मोरङले समन्वय गर्ने, आगामी दिनमा हावा हुरीले पार्ने समस्या समाधानका लागि पूर्व तयारी गर्नुका साथै उद्योगी र प्रधिकरण वीच नियमित छलफल गर्ने सहमति संगठन र प्राधिकरण वीच भएको संगठनका उर्जा हेर्ने संयोजक नन्दकिशोर राठीले जानकारी दिनु भयो । 

छलफलमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष्ँ प्रदीप मुरारका, उपाध्यक्ष्ँ नन्दकिशोर राठी, कोषाध्यक्ष्ँ बिपिन कावरा, कार्यसमिति सदस्य सुनिल धनावत, प्रतिभा रिजाल ओली, नेपाल विद्युत प्राधिकरण प्रतिनिधिहरुका साथै कटहरी क्ष्ँेत्रका उद्योगी÷व्यवसायीहरुको उपस्थिती रहेको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.