ज्येष्ठ १/बेलबारी मोरङ । रातो तारा डट कम,बेलबारी नगरपालिकामा प्रदेश नं १ मै पहिलो सहकारी संग्राहलय निर्माण भइरहेको छ।
बेलबारी नगरपालिका वडा नं ७ साङ्ली ईनारमा बेलबारीमा महिलाहरु मात्रले संचालन गर्दै आएको परिश्रमी सामाजिक उद्द्मी महिला सहकारी संस्थाको अगुवाइमा सङ्ग्राहलय निर्माण भएको सस्थाकी सचिब उर्मिला राईले बताइन्।५० लाख लागतमा निर्माण भइरहेको संग्रहालयको बजेट व्यवस्थापन एवम् समन्वय नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्।प्रदेश १ मै पहिलो सङ्ग्राहलय निर्माण हुँदै गरेकोले सहकारी संचालनका आधारभूत ज्ञान् ,उत्पादन,प्रदर्शनी बजारीकरण जस्ता विषयहरुलाई पाठशालाको रुपमा संचालन र व्यवस्थापन गरिने भएकाले यस सङ्ग्राहलय अन्य सहकारीहरुका लागि पनि सहयोगी वन्ने संस्थाकी अध्यक्ष गंगा श्रेष्ठले बताइन्।करिब २५०० सेयर सदस्य रहेको उक्त सहकारी संस्थामा १०६ वटा समूहहरु व्यवशायिक बन्न सफल भएको अध्यक्ष गङगा श्रेष्ठले बताइन्।
Post a Comment