काठमाडौं । रातो तारा डट कम, अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको सेमिफाइनलको नतिजा बाहिरिएको छ । जसमा झापाका मनिष आचार्य, काठमाडौंका सुलव भट्टराई, लुम्बिनीका निश्चल अर्याल र ललितपुरका महेश खनालले फाइनलमा प्रतिस्पर्धा गर्ने निर्देशक कमल राईले जानकारी दिए । रिदम स्क्रिनका निर्देशक राईका अनुसार यो साता काठमाडौंका सुलव भट्टराईले उत्कृष्ट प्रस्तुति दिँदै बेस्ट पर्फमर अफ द विक बन्न सफल भएका छन् ।
निर्देशक राईका अनुसार प्रथम, द्धित्तीय र तृतीय हुनेलाई क्रमश ३ लाख, २ लाख र १ लाख नगद उपलब्ध गराइनेछ। त्यस्तै चौथो हुनेलाई पनि सान्तवना स्वरुप रु ५० हजार उपलब्ध गराइने आयोजकले जनाएको छ । कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको निर्देशक राईले बताए ।
Post a Comment