विराटनगर, १५ असार । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४, दुहवी र गढीमा २–२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जुमा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ७१, सुन्दरहरैचामा १०, बुढीगंगामा ८, उर्लाबारीमा ६, लेटाङ र केराबारीमा ५–५, मिक्लाजुङमा ४, पथरीशनिश्चरेमा ३, कटहरी र बेलबारीमा २–२, कानेपोखरी, रंगेली, रतुवामाई, धनपालथान, जहदा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २९, दमकमा २०, भद्रपुरमा १३, अर्जुनधारामा ८, कनकाई र मेचीनगरमा ७–७, शिवसताक्षीमा ५, झापा गाउँपालिकामा ३, बा¥हदशीमा २, गौरीगञ्ज, हल्दिबारी र स्थानीय तह नखुलका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, साँघुरीगढी र शहिदभूमीमा १–१, इलामको इलाम नगरपालिकामा ५, माईजोगमाई, मांसेबुङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र कटारीमा २–२, संखुवासभाको चैनपुरमा २, भोजपुरको भोजपुर जगरपालिका र स्थानीय हत नखुलेका १–१, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ । प्रदेश १ मा आज १ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Post a Comment