बेलबारी मोरङ असार १६ गते । रातो तारा डट कम,मोरङको
कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले
लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहको अभियान उदाहरणयोग्य भएको भन्दै समूहलाई धन्यवाद व्यक्त गरिन् ।मन्तव्यकै क्रममा प्रमुख अतिथि पराजुलीले बिरुवा रोप्नु मात्र ठूलो कुरा नभई रोपिएका विरुवाको संरक्षण र जगेर्ना अझ महत्त्वपूर्ण विषय भएका कारण समूह र आम नागरिकले अब यसतर्फ ध्यान दिनसके जरजर भूमिहरु हराभरा बनाउन समय नलाग्ने बताइन्।पराजुलीले वन वातावरण विकास नगरपालिकाका प्राथमिकताका क्षेत्रभित्र रहेकाले अब छिटै वन तथा वातावरण कार्यविधि निर्माण गरि पालिकाभित्रै वन वातावरण शाखा स्थापना गर्ने नगरपालिकाको कार्यक्रम रहेको बताइन्।
समूहका अध्यक्ष सुजय गौतमको अध्यक्षतामा
संचालित कार्यक्रममा प्रमुख अतिथी बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली,वडा नं ११ का वडाध्यक्ष यमबहादुर पोख्रेल,सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का सचिव अग्नि पौडेल,जिल्ला अध्यक्ष रामकृष्ण राई लगायतको उपस्थिति रहेको थियो।कोरोना भाइरस(कोभिड)का कारण मृत्यु भएका नगरवासीहरुको सम्झना स्वरुप वृक्षारोपण गर्न बेलबारी नगरपालिकाले समेत समूहलाई आर्थिक सहयोग गरेको थियो।
Post a Comment