बिराटनगर जेठ २९ गते । रातो तारा डट कम,इसाई समाज विराटनगरले समानुभूति नेपालसँगको सहकार्यमा रंगेली नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पतालका लागि कोभिडसँग लड्न आवश्यक स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको छ । नगरपालिका परिसरमा हस्तान्तरण कार्यक्रम आयोजना गरि समाजले सर्जिकल मास्क ५ हजार थान, हेयर नेट १०० थान, ग्लोब्स १०० थान, पीपीइ ७ थान, सेनिटाइजर ५ लिटर, क्लोरिन ५ लिटर, अक्सिमिटर ५ थान, थर्मोमिटर, मल्टिभिटामिन लगायतका स्वास्थ्य सामाग्रीहरू नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा सहयोगी संस्था समानुभूति नेपालका अध्यक्ष तुल्सी श्रेष्ठले देशलाई खाँचो परेको बेला कोही चुप लागेर बस्न नसक्ने भन्दै आफ्नो संस्थाले नेपालभरि नै कोभिडसँग जुध्नका लागि स्थानीय निकाय र अस्पतालहरूलाई स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराइरहेको बताए ।
युनाइटेड नेपाली चर्च तेलअभिभ इज्राएल लगायतका विश्वभर छरिएर रहेका विभिन्न चर्चहरू र चीन, भारत लगायतका मित्रराष्ट्रहरूबाट संकलित सामाग्रीले हालको खाँचो सम्बोधन गरिएको बताउँदै २८ जिल्लामा स्वास्थ्य सामाग्री लिएर आफैं पुग्न लागेको र अन्य जिल्लाका लागि काठमाण्डौंबाटै सम्बन्धित स्थानीय निकायलाई सामाग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।
रंगेली नगरपालिकाका स्वास्थ्य सहसंयोजक भुपेन्द्र प्रसाद मणडलले इसाई समुदायद्वारा गरिएको यो ठूलो सहायताले केही समयका लागि मास्क लगायतका अन्य खाँचो पूरा भएको बताउँदै अझै यस्तै धेरै सहायताको खाँचो रहेको जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा इसाई समाज विराटनगरका अध्यक्ष पास्टर सुरज मल्लले राज्यलाई खाँचो पर्दा सहायता गर्न पाउनु इसाई समाजको लागि समेत निकै खुशीको कुरा भएको बताउनुभयो ।
Post a Comment