Websoft University

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी बन्द रहेको करिडोर आजैबाट सुरु


काठमाण्डौ असार ३ गते । रातो तारा डट कम,पहिरोले ३ दिनदेखि बन्द भएको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सुरु भएका छन् । पर्वतको कुश्मा नगरपालिका १ मा पहिरोले बन्द भएको मध्यपहाडी लोकमार्ग र जलजला गाउँपालिकाका ३ ठाउँमा रोकिएको कालीगण्डकी करिडोर पहिरो पन्छाएपछि निरन्तर भएका हुन् । 

हिजो साँझ ८ बजेबाट सडक सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । वर्षा कम भएपछि सडक खुलाईएको बताउँदै अधिकारीले जोखिम कायमै रहेको बताउनुभयो । वर्षा हुनासाथ पहिरोले सडक पुरिने अवस्था रहेको अधिकारीले जानकारी दिनुभयो । 

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर पहिरोले थुनिँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला सडक सन्जाल बाट टुटेका थिए । राष्ट्रिय राजमार्गसँग सम्पर्क जोड्ने दुबै सडक गत सोमवार रातिदेखि पहिरोले अबरुद्ध भएका थिए । पर्वतका मुख्य सडक खुले पनि ग्रामीण सडकहरु भने अबरुद्ध छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.