Websoft University

गिरिजाप्रसाद काेइरालाकाे ९८औं जन्मजयन्तीमा जी.पी फाउन्डेसन माेरङद्वारा मास्क र सेनेटाइजर वितरण

 


विराटनगर,१८ असार । रातो तारा डट कम,गिरिजाप्रसाद काेइरालाकाे ९८औं जन्मजयन्तीका अवसरमा मजदुरहरूलाई लक्ष्यित गरि शुक्रबार विराटनगरका विभिन्न चाेकहरूमा मास्क र सेनेटाइजर वितरण गरिएको छ । जी.पी काेइराला फाउन्डेसन माेरङ शाखाले पुष्पलाल चाेक र बरगाच्छी चाेकमा कार्यक्रम गरि मास्क र सेनेटाइजर वितरण गरेको हाे । अधिकांश मजदुरहरू मास्क नलाइ हिड्ने गरेकोे पाइए संगै ती स्थानमा काेराेना संक्रमण र यसले पार्ने प्रभावका विषयमा समेत  जनचेतनामूलक कार्यक्रम समेत गरिएको फाउन्डेसन अध्यक्ष काैशल निराैलाले जानकारी दिए । उनलेे  एकजनालाई ५० पिस मास्क र सेनेटाइजर प्रदान गरिएको बताए  । मजदुरहरू भित्रने मुख्य नाका पुष्पलाल चाेक ,बरगाच्छीमा पहिलो चरणमा कार्यक्रम राखिएको हाे ।कार्यक्रममा नेपाली कांग्रेस युवा नेता दीपक चापागाईं,सामाजिक अभियन्ता सावित्री आचार्य ,फाउन्डेसन माेरङ उपाध्यक्ष पुनम सिंह,सचिव सन्ताेष पाेखरेल,सहसचिव अन्जु दाहाल,काेषाध्यक्ष नमिता आचार्य ,सदस्य सन्जय मण्डल ,नम्रता बिमली,फाउन्डेसन नगर सह सचिव लिला ढुङ्गेल ,फाउन्डेसन युवा कार्यदलका अध्यक्ष अंकित पाेखरेल,उपाध्यक्ष साइच्छा थापा,सचिव सुवास सापकाेटा(डेनी),सदस्य सुरज नेपाल,सविन भट्टराई लगायतको सहभागीता रहेको थियाे । यस्तै जी.पी काेइराला फाउन्डेसन युवा कार्यदल विराटनगरले आफ्नोे स्थापनाकाे १ बर्ष पूरा गरेकोे अबसरमा  शनिबार स्थापना दिबस मनाउने भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.