Websoft University

कबुलियत बन दर्ता गर्ने निर्णय खारेज नभए सम्म आन्दोलन जारी राख्ने संघर्ष समितिले निर्णय

 


गाईघाट १८ असार । रातो तारा डट कम,कोशि टप्पु क्षेत्र बाट बस्ती हटाएर कबुलियत बन दर्ता गर्ने निर्णय खारेज नभए सम्म आन्दोलन जारी राख्ने संघर्ष समितिले निर्णय गरेको छ । उदयपुरको बेलका नगरपालिका ३ स्थीत टप्पु क्षेत्रको पौरखी सामुदायिक बन संग जोडिएको कोशिनदी उकास क्षेत्रको बस्ती लाई हटाएर १७६ हेक्टर क्षेत्रफल जग्गा दुई निजी कम्पनि लाई ३० वर्षको लागि सरकारले लीलाम दिने निर्णय गरेको थियो । गत जेठ ६ गतेको मंन्त्रीपरिषद बाट गरिएको उक्त निर्णयमा बेलका नगरपालिकाले पनि सिफारिस गरेको भन्दै टप्पु क्षेत्रका बासिन्दाहरुले बिगत ११ दिन देखी आन्दोलन गरीरहेको छन । आन्दोलनकै क्रममा बुधबार स्थानियले नगरपालिका घेराउ गर्दे तोडफोड समेत गरेका थिए । संघर्ष सिमतिका अधक्ष्य नबिन राई ले आफुहरुको माग तत्काल पुरा नभए संघर्षका कार्यक्रमहरु लाई अझ कडा बनाउदै लगीने बताए । उनले सरकारले गरेको निर्णयले पुरै बस्ती बिस्थापित हुन लागेकोले संघर्ष लाई निरन्तरता दिदै आएको बताए । “बिसौ बर्ष देखी जोखिम मोलेर बसेको बस्ती हटाउन षडयन्त्र हुन थालेको छ ।”उनले भने । नगरपालिकाले सुकुम्वासिको हितमा काम गर्नु पर्नेमा उल्टै नीजि कम्पनि लाई फाईदा पुग्ने काम भएको छ । राईले भने । नगरप्रमुखको बदमासि बाट अहिले बिषय परिस्थीती सृजना भएको उनले भने । सरकारले लिजमा दिन लागेको उक्त जग्गामा अहिले सुकुम्वासि बस्ती रहेको छ । पुरै बस्ती लाइ हटाएर सो जग्गामा  बराह हर्बल एण्ड एगा्रे पा्रलिले जडिबुडि खेती गर्न लागेको हो ।सामुदायिक बन आसपासका क्षतिग्रस्त, खालि जग्गा नेपाल सरकारको प्रचलित कानुन अनुसार बहालमा लिएर जडिबुटि खेती तथा प्रशोधन कार्यको लागि डिभिजन बन कार्यालय यदयपुर लाई नगरपालिकाले २०७७ पौष २९ गते सिफारीस गरेको थियो । नगरपालिकाको उक्त सिफारीस बिरुद्ध स्थानीय आन्दोलित  भएकाछन । नगरप्रमुख दुर्गा थापाले सरकारले बस्ती हटाएर कोशि टप्पुको केहि वडामा कबुलियत बन बनाउने गरेको निर्णय तत्काल खारेज गरीनु पर्ने बताए । “असार १० गतेको नगरपरिषद बाट समेत कवुलियत बन खारेजको निर्णय गरेको छौ ।” उनले भने । अब म आफै यो बिषयमा कुरा गर्न मुख्य मंन्त्री संग भेटगर्न जादै छु । कोशि टप्पुको बस्ती रहेको क्षेत्रको झण्डै १७८ हेक्टर जमिन मध्य १२५ हेक्टर जमिनमा सेफ वे टेक्नोलोजि ललितपुरले र बाकी मा बराह हर्बल एण्ड एगा्रे पा्रलिले जडिबुटि खेती र प्रशोधन को लागी ३० वर्षको लागि लीजमा पाएको हो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.