Websoft University

बाढीले सिवाई र बेल्हि जोड्ने त्रियुगा नदीको पुलाई क्षती पुर्यो

 


श्याम राई÷उदयपुर  गाईघाट, १९ असार । रातो तारा डट कम, दुई दिन देखिको अविरला वर्षापछि आएको बाढीले चौढण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हि जोड्ने त्रियुगा नदीको पुलाई क्षती पु्याएको छ ।

करिब १२ वर्ष अघि देखि निर्माण शुरु भएको पुलको निर्माण कार्य सकिन लाग्दा शनीबार पुलको दक्षिण तर्फको एउटा पिलर भासिएको छ भने दुई वटा स्लाब बाढीले बगाएको छ । पुल माथि हिडिरहेका सिवाईका ४८ वर्षिय अख्तर मिया स्लाब बगाउने क्रममा लडेर घाईते भएकाछन् । सो पुलमा २५÷२५ मिटरका १२ वटा स्लाब छन् । पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाई रहेको छ । पुलको निर्माण महालक्ष्मि लोकप्रिय जेभी कन्ट्रक्शन कलंकी काठमाडौंले गरेको हो । पटक पटक म्याद थप गरिदै निर्माणमा ढिलाई हुँदा पुःन मूल्याकंन गरेर अहिले ९ करोडबाट ११ करोड लागत मूल्य पु्याएको छ  ।

बाढीले पुलमा क्षती पु्याए पनि अहिले सम्म पुल हेर्ने जिम्मेवारी पाएको गाईघाट– दिक्तेल सडक योजना कार्यालयबाट प्राविधिक नपुग्दा क्षतीको विवरण आउन सकेको छैन ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.