श्याम राई÷उदयपुर गाईघाट, १६ साउन । रातो तारा डट कम, कोरोना संक्रमितको संख्या बढेसँगै त्रियुगा नगरपालिका वडा न.–२ को खैजनपुर क्षेत्रमा शनीबार राती १२ बजेदेखि लागू हुने गरि एक साताको लागि सिल गरिएको छ ।
२२ दिन भित्रमा एकै घर परिवारका ३ जनाको कोरोनाको कारण मृत्यु भएपछि र पूरै गाउँ टोलमा संक्रमितको संख्या बढेपछि शनीबार बसेको वडा टोल समिति, टोल विकास समिति, बुद्धिजिवी, स्थानीय बासिन्दा र वडा जनप्रतिनिधिको भेलाले त्यस्तो निर्णय गरेको वडा अध्यक्ष धमान सिंह खत्रिले बताए ।
संक्रमित बढी देखिएको बरगाछी टोल, नमूना थारु बस्ती,बविया टोल विकास सिमा क्षेत्रको पूरै भाग सिल गरिएकोउनले बताए । उनले सो क्षेत्रमा घर बाहिर आवत जावत, भिडभाड, भोजभतेर र पार्टी गर्न समेत बन्देज गरिएको बताए ।
अति आवश्यक बाहेक चिया पसल, मदिरा पसल र सैलुन संचालनमा रोक लगाईएको छ । संक्रमितको पून परिक्षणमा रिपोर्ट नेगेटिभ नआए सम्म गाउँ टोलमा लगाईएको सिल नहटाईने समेत वडा अध्यक्ष खत्रीले बताए ।
Post a Comment