Websoft University

नेपालमा पनि मेसिनबाटै धान रोपाई हुन थाल्यो


काठमाण्डौ असार १८ गते । रातो तारा डट कम,रुपन्देहीको देवदह क्षेत्रमा मेसिनद्वारा धान रोपाई सुरुगरिएकोछ । देवदह नगरपालिका–८,टटेरामा रोपाई मेसिनको प्रयोग गरी किसानहरूले धान रोप्न सुरु गरेका हुन् । देवदहमा प्रविधिको माध्यमबाट पहिलो पटक धान रोपाई सुरुभएको हो । मेसिनबाट धान रोपाईको शुभारम्भ गदै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले मेसिनको प्रयोग गरि  धान रोपाई गर्दा उत्पादन बृद्धि हुनुको साथै लागत मूल्य पनि घट्ने बताउनुभयो । उहाँले धान उत्पादन बृद्धि गर्नको लागि जग्गाको चक्लावन्दी गर्न आवश्यक रहेको र जग्गा चक्लाबन्दीको लागि किसानहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको पनि बताउनुभयो । जग्गा चक्लाबन्दी गर्ने किसानलाई देवदह नगरपालिकाले १० हजार अनुदानको समेत व्यवस्था गरेको प्रमुख खत्रीको भनाइ थियो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.