Websoft University

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्चमा बहस हुने


काठमाण्डौ असार २० गते । रातो तारा डट कम, प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँचजना कानुन व्यवसायीले आज बहस गर्ने छन् । उनीहरुका लागि छुट्टाइएको दुई घण्टाको समयमा बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस सुरु गरिने सर्वोच्चले जनाएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने तथा प्रतिनिधि सभा विघटनको घोषणा रद्द गर्न मागसहित १ सय ४६ सांसदको तर्फबाट दायर रिटमा सुनुवाइ चलिरहेको छ । जवाफी बहस भोलि सकिने सम्भावना छ । त्यसपछि नेपाल बार एशोसियनका तर्फबाट गएका एमिकस क्यूरीले बहस गर्न दुई घण्टा समय निर्धारण गरिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.