Websoft University

जन्मदिनको अवसरमा ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग

 


धादिङ । रातो तारा डट कम, नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाधान्य सहयोग गरेका छन् ।  बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमा ३५ परिवारलाई एक महिना पुग्ने खाधान्य गाउँपालिकाका उपाध्यक्ष देबि प्रसाद सिलवाललाई हस्तान्तरण गरेका हुन् ।  


आफ्नो जन्मोत्सवका अवसर पारेर धादिङ जिल्लाका चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न दिने गरी सरकारले अप्नाएको एकद्धार प्रणाली अन्तर्गत नै गाउँपालिकालाई सहयोग उपलब्ध गराएको अध्यक्ष ढकालले बताए । संञ्चार माध्यमबाट चेपाङ समुदायका खाधान्य समस्या रहेको जानकारी पाएपछि एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गनुपर्ने मान्यता अनुसार आफलेु कति सहयोग गप्यो भन्दा पनि प्रेम र सदभाव बाँडन आएको बताए ।  


अध्यक्ष ढकालले यस अधि पनि भूकम्प गएको बखत धादिङ जिल्लाको धुसामा सहयोग गरेको स्मरण गदै संकटमा सबै नागरिकले जस्ले जे सकिन्छ त्यो सहयोग गर्नु पर्ने बताए ।  अध्यक्ष ढकालले आफु सम्बद्ध संस्थाबाट गाउँपालिकासँग अन्तर सम्बन्धीत भई नेतृत्व बिकास लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा सहभागिताको लागि सहकार्य गर्ने पनि बताए ।  

बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देबीप्रसाद सिलवालले जन्मोत्सवमा गरिने खर्च कटौती गरि विपन्न चेपाङ परिवारका खाधान्य सहयोग सवैका लागि अनुकरणीय हुने बताए । उनले यस किसिमको सहयोगले समाजमा बिभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्नु आवश्यक रहेकोमा जोड दिदै गाउपालिकामा दुःख पर्दा सम्झेकोमा आभार ब्यक्त गरे ।  


उपाध्यक्ष सिलवालले राहत बितरण कार्यक्रम एकद्धार प्रणाली अन्तरर्गत भएको जानकारी दिदै जनताको दुःखमा जहिले पनि गाउँपालिका साथमा रहेको भन्दै यस्तै सहयोगी भावना भएका ब्यत्तित्वहरुबाट सदैव साथ चाहेको बताए ।  

यो सहयोगले परिवारलाई केहि दिनका लागी भएपनि जीविकोपार्जनमा केही सहयोग होस भनेर जन्मोत्सवमा फजुल खर्च नगरी विपन्न परिवारलाई खाद्यन्न वितरण गरेकामा अध्यक्ष ढकाललाई धन्यबाद दिए । कोभिड–१९ बाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित भएका र सहयोगको अति जरूरी भएका परिवारहरूको पहिचान गरि संकलित नामावली मध्ये काली सुनार, तेज कुमारी सुनार, मैया सुनार, सेती सुनार निर्मला सुनवार लगायत ३५ परिवारलाई खाधान्य वितरण गरिएको छ ।

सोअवसरमा बेनीघाट रोराङ गाउँपालिका बडा नं ५ अध्यक्ष रोसन कुमार सिलबाल, प्रमुख शासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, गाउपालिकाका अधिकृृत सन्तोष अर्याल, पशुराम घिमिरे, बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा , मनोज कुमार सुर्खेति  धादिङ अस्पातालको डा.सदिक्षा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सो राहत बितरणको संयोजन बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपाल धादिङका संयोजक दिपक सापकोटाले गरेका थिए ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.