Websoft University

हडकड नेपाली महासघले पहिलो चरणमा सय थान अक्सिजन कन्सन्टटेर नेपाल पठायो


धरान असार १८ गते । रातो तारा डट कम,दोश्रो चरणको कोरोना सक्रमण वाट आक्रांन्त नेपालका विकट दुर्गम गाउका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरी हडकड नेपाली महासघले पहिलो चरणमा सय थान अक्सिजन कन्सन्टटेर नेपाल पठाएको छ ।


कोरोना सक्रमित गम्भिर विरामीहरुका लागी प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उद्धेश्यले महासघले पठाएको सो सय थान अक्सिजन कन्सन्टेटरहरु स्थानिय गैर सरकारी सस्थाहरु पश्चिमका विभिन्न जिल्लाहरुमा पुर्याउने काम थालिएको छ । शुक्वार विहान दैलेख र कालिकोटको  स्वास्थ्य चौकिमा अक्सिजनका कन्सन्टेटर वितरण गरी आज अछाम र मगलसेनको लागी गाडि हिडेको समाचार प्राप्त भएको छ ।  


महासघकी निवर्तमान अध्यक्ष समेत रहेकाी सयोजक रीता गुरुडले नेपालमा रोरोना सक्रमणको दर मुत्यु दरमा सोचे जस्तो कमिी  नआएकाले महासघले हडकड सरकार, नेपाली वाणिज्य दुतको कार्यालय र सोअर्स नामक एक गैर सरकारी सस्था वीच समन्वय गरेर नेपाल पठाएको हो ।   उनका अनुसार २०० थान अक्सिजन कन्सन्टेटर नेपाल पठाउने  तयारी गरीएकोमा  कार्गोको समस्याका कारण  एकै पटक पठाउन नसकिएको हो । अव एक दुई दिन भित्रै थप एक सय थान अक्सिजन पनि पठाउने तयारीमा रहेको वताईन ।  

सो मेडिकल उपकरणहरुको वितरणको व्यवस्था हाल कर्णाली प्रदेशका सात जिल्लामा स्थानिय सामाजिक सस्थाहरुको समन्वयमा भईरहेको कुरा महासघका वर्तमान अध्यक्ष टंक रानाले वताए । कोरोना महामारीले आक्रान्त गराएको विषम परीस्थितिमा पनि हेल्प नेपाल फाईट कोभिड १९ नारामा साथ महासधले १० लिटर प्रतिमिनेट आफै अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन कन्सन्टेटर वितरण चाडो गर्न प्रत्येक प्रदेशका लागि दुवानी ट्रकको पनि व्यवस्था महासघ आफैले गरेको  अध्यक्ष राना ले  वताए । चीनको कुनमिन शहरवाट प्रति कन्सन्टेटर १ हजार १ सय ५० अमेरीकन डलरमा खरीद गरीएको सो अक्सिजन एउटैको तौल ३० केजी  रहेकोले एकै पटक कार्गो गर्न अप्ठयारो परेको वताए । 

सके सम्म ७७ वटै जिल्लाका दुर्गम क्षेत्रका प्राथमिक स्वास्थ्य केन्दमा आवश्यक  एक एक थान अक्सिजन कन्सन्टेटर पुर्याउने लक्ष राखिएको कुरा महासघका पुर्व अध्यक्ष प्रदिप थापाले वताए ।  नेपालीहरुलाई अप्ठयारो परेको वेला अक्सिजन उपलव्ध गराउने हडकडको चिनिया  सामाजिक सस्था सोअसलाई धन्यवाद दिदै अर्को चरणमा १ लाख एन्टिजेन टेष्टिड किट पनि पठाउने तयारी भईरहेको गुरुडले वताईन ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.