Websoft University

अध्यागमन विभागले आजबाट भिसा दिन सुरु गर्ने

 


काठमाण्डौ असार १८ गते । रातो तारा डट कम, नोबेल कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएको भिसा सेवा आजबाट सञ्चालनमा आउने भएको छ । अध्यागमन विभागले यसअघि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको भए पनि आजबाट सुरु गर्ने निर्णय भएको जनाएको छ । 

आजबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा सहुलियतको सुविधा प्राप्त गर्न सक्ने पनि विभागले जनाएको छ । २०७८ वैशाख १५ सम्म वैध भिसा भएका विदेशी नागरिक २४ असारभित्र नेपालबाट बाहिरिँदा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबट निःशुल्क भिसा नियमित गरिनेछ । 

नेपालमै रहन चाहने पर्यटकले भने २४ असार भित्र आवेदन गरेमा विलम्ब शूल्क र जरिवाना नलिई भिसा शुल्क मात्र लिएर नियमित गरिने विभागले जनाएको छ । २४ असारपछि आउने विदेशीको हाकमा भने भिसा शुल्क, विलम्ब शूल्क र जरिवानासमेत लाग्ने जनाइएको छ । 

नेपाललमा एक जना पर्यटकले एक वर्षमा पर्यटक भिसामा बढीमा १५० दिन मात्र रहन सक्ने प्रावधान रहेको छ । तर, निषेधाज्ञा भएको समयलाई भने सरकारले पर्यटक भिसाको यो अवधिबाट छुट दिने भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.