Websoft University

सरकारले कोभिड खोप खरिदका लागि चिनीया कम्पनी सिनोफार्मसंग सम्झौता गर्यो


काठमाण्डौ असार १९ गते । रातो तारा डट कम,सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार खोपको आपूर्ति यही असार २४ बाट सुरु गरिनेछ । उहाँले एक विज्ञप्ति निकाल्दै सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता भएको जानकारी दिनुभएको हो । सरकारले सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप ल्याउने सम्झौता गरेको छ । मन्त्रालय स्रोतका अनुसार यही असार २५ मा पहिलो खेपको १० लाख मात्रा खोप नेपाल आइपुग्नेछ । अरु मुलुकबाट पनि खोप ल्याउनका लागि पहल भइरहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.