Websoft University

आज पनि देशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वषा हुने


काठमाण्डौ असार १८ गते । रातो तारा डट कम,मनसुनी वायुको प्रभाव परेको छ । जसका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । अहिले प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर नै मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ  । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.