Websoft University

बाढीले बगाएर बृद्धको मृत्यु


 श्याम राई÷उदयपुर  गाईघाट, १९ असार । रातो तारा डट कम, द्धार खोला तर्ने क्रममा बाढीले बगाएर शनीबार दिउँसो एक बृद्धको मृत्यु भएको छ । चौढण्डीगढी नगरपालिका–७ बेलटार बजारको मदन चौक बस्ने ६५ वर्षिय गुमशेर राईलाई बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । राईको शब झण्डै २ सय मिटर तल खोला किनारमा फेला परेको थियो । मान्छेलाई बाढीले बगाएको भन्ने सूचना पश्चात नदीमा पुगेका प्रहरी र स्थानीयले केही समयको खोजी पश्चात राईको शब फेला पारेको स्थानीय केदार कटुवालले बताए ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.