किन भयो मुआब्जा बिवाद ?
१३२ केभि प्रसारण लाइन अन्र्तगत सोलुखुम्बुको तिङला देखी ओखलढुङगा , उदयपुर हुदै सिराहाको मिर्चैया सम्म को ९० किलोमिटर दुरी अन्र्तगत ३ सय २ वटा टावर मध्ये उदयपुरमा १० वटा टावर बनाउनु पर्ने छ । घुर्मि देखी कटारी सम्म को १० वटा टावर मध्ये ६ वटा टावर बिना बिवाद वनीसकेको छ भने अहिले बिवाद भएको मरुवामा मुआब्जाको कारण बिगत दुई बर्ष देखी टावर निर्माणको काम रोकीएको थियो । चार वटा टावर निर्माणको क्रममा स्थानिय ६३ घर परिवारको जग्गा आयोजनाले चर्चिने हुदा उचित मुआब्जाको माग गर्दै स्थानियले २ बर्ष देखि काममा अबरुद्ध गर्दै आएका थिए । स्थानियको माग बमोजिम कटारी नगरपालिकाले प्रति धुर जग्गाको २ लाख ५० हजारको दर ले मुआब्जा उपलब्ध गराइदिन गत बर्ष सरकारलाई सिफारीस गरेको थियो । तर सरकार र आयोजना कार्यालयको सहमतिमा २०७५ सालमै प्रतिकठ्ठा १९ लाख ७५ हजार र १२ ला्खको दरले पिडित परिवार लाई मुआब्जा दिने निर्णय गरीएको थियो । पिडित परिवारले आयोजनाले दिन लागेको मुआब्जा वापतको रकम न्युन भएको र नगरपालिकाले सिफारीस गरे अनुरुपकै रकम उपलब्ध नगराए सम्म टावर बनाउन नदिने भन्दै बिवाद गर्दै आएकाछन। उनीहरुले आफुले माग गरे वमोजिमको रकम नदिने भए एलाइमेन्ट नै परिबर्तन गरी टावर अन्यन्त्र बनाउनु पर्ने पनि माग राखेको छन । सोहि कारण प्रसारण लाईनको काम २ बर्ष देखी रोकिएको छ । स्थानियको माग बमोजिम सरकारले प्रसारण लाईनको एलाइनमेन्ट परिबर्तन गर्न र मुआब्जा रकम मा पुनरावलोकन गर्न अस्वीकार गरेपछि भएको बिवादले प्रशारण लाईनको काममा ढिलाई भएको छ । राष्ट्रिय गौरबको आयोजना भएकोले सरकारको निर्देशनमा गत असार २५ गते देखी स्थानिय प्रशासनले ठुलो संख्यामा सुरक्षाफौज परिचालन गरेर प्रशारण लाईनको काम सुचाँरु गरेको थियो । तर शनिबार पुन बिवाद भएर भिडन्त समेत भएको थियो । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइले पिडित परिवार लाई मुआब्जा बापतको रकम लिन बोलाउदा समेत नआएर अनाबश्यक बिवाद गरेको बताए । उनले राष्ट्रिय गौरबको आयोजना भएकोले सरकारको निर्देशनमा सुरक्षा दिएर निर्माणको काम अघिबढाईएको बताए । “बिवाद गर्नुको कुनै कारण छैन । आयोजना कार्यालयले पर्याप्त मुआब्जा दिएको छ ।” उनले भने । कतै नदिएको एैलानी जग्गा को समेत प्रति कठ्ठा २० लाख रुपैया मुआब्जा दिने निर्णय गरीएको छ ।” उनले माथि बाट कुनै निर्देशन नआएकोले निर्माणको काम नरोकीने बताए । सोलुखुम्बुको बिभिन्न खोला नदी बाट उत्पादित बिधुत राष्ट्रिय प्रसारण लाईनमा जोडेर प्रवाह गर्ने उदेश्यले निर्माणधिन सोलु कोरिडोर १३२ केभि प्रसारण लाईन को काम अबरुद्ध हुदा उत्पादित बिधुत २ बर्ष देखी खेर गईरहेको छ ।
Post a Comment