Websoft University

खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ

 


झापा,२०७८ भादौ-१६ गते । रातो तारा डट कम,झापा अर्जुनधारा-४ मदनपुर स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुनधारा-२ का १८ बर्षीय एबिट बुढाथोकी,३० बर्षीय सजित समाल र अर्जुनधारा-३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन । उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । साथै उनिहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैया समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा लागुऔषध मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.